खेलकुद

विश्वकप छनोटमा कोलम्बियाको विजयी सुरूवात

By खबरहब

October 10, 2020

एजेन्सी- विश्वकप छनोट खेलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।

शनिबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले भेनेजुयलालाई ३–० ले हराएको हो ।

कोलम्बियाको जितमा लुइस मुरीलले दुई तथा डुभान जपताले एक गोल गरे ।

१६औं मिनेटमा कोलम्बियाका डुभान जपताले अग्रता दिलाएको खेलमा २६औं मिनेटमा लुइस मुरीलले गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा मुरीलले व्यक्तिगत दोस्रो गोल गरेपछि कोलम्बियाले ३-०को अग्रता बनायो ।

त्यसपछि दुबै टोलीबाट कुनै पनि गोल भएन र अन्ततः कोलम्बियाले खेल ३-० जित्यो ।