समाचार

चितवनमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

By खबरहब

October 10, 2020

चितवन- भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

यही असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनको सोही दिन कोरोना पुष्टि भएको थियो ।

उनको उपचारका क्रममा आज साँझ कोभिड सघन उपचार कक्षमा मृत्यु भएको पौडेलले जानकारी दिए ।

योसँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ।