इनसाइट/स्पेशल

‘अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्ड’ द्वारा दीपकराज जोशी सम्मानित

By खबरहब

November 10, 2020

काठमाडौं – नेपाल पर्यटन बोर्डका निवर्तमान  प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा टुरिजम रिकभरी टास्कफोर्स-नेपालका संयोजक दीपक राज जोशी अन्तर्राष्ट्रिय टुरिजम हिरो अवार्डबाट सम्मानित भएका छन् ।

पर्यटन क्षेत्रको दिगो विकास र प्रबर्द्धन लागि उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जोशीलाई वर्ल्ड टुरिजम नेटवर्कले सम्मान गरेको हो ।

जोशी ‘ईन्टरनेशनल हल अफ टुरीजम हीरोज’ को सदस्य पाउने पहिलो नेपाली बनेका छन् भने दक्षिण एसियाबाट उक्त अवार्ड प्राप्त गर्ने प्रथम व्यक्ति समेत बनेका छन् ।

अवार्ड प्राप्त गर्ने अन्य व्यक्तिमा सेशेल्सका पर्यटनमन्त्री अलेन स्ट अंगे, क्वीआई ग्रुपका निर्देशक विजय पूनूसम्त, अफ्रिकन टुरिज्म बोर्डका अध्यक्ष काथबर्ट एनक्यूब, जिम्बाब्वेका पूर्वपर्यटन मन्त्री डा. वाल्टर मेक्सेम्बी, विश्व पर्यटन संगठनका निवर्तमान महासचिव डा. तालेब रिफाई, केन्याका पर्यटन सचिब नाजिब बलला र जमैकाका पर्यटनमन्त्री एडमण्ड बार्टलेट रहेका छन् ।