अन्तर्राष्ट्रिय

भारत मध्यप्रदेशका १९ कंग्रेस सांसदको पनि राजीनामा

By खबरहब

March 11, 2020

काठमाडौं – भारत मध्यप्रदेशका १९ जना कंग्रेस सांसदले पनि राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा भारतीय कंग्रेसको तर्फबाट लामो समय नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धिया समेत छन् ।

सिन्धयाको राजीनामासँगै मध्यप्रदेश राज्यबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसद र राज्य सरकारका थप ६ जना मन्त्रीले पनि राजीनामा दिएका छन् ।

सिन्धियानिकट मानिने सांसदले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणा गरेलगत्तै राजीनामा आएको हो ।

सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका २० मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाइसकेका छन् ।

मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका कंग्रेस स्रोतले बताएको छ ।

यसअघि सोमबार दिगविजय सिंहसहितका कंग्रेस नेताहरूले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्य प्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए ।

मध्य प्रदेशमा कंग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढ्दै गएको छ ।