रोचक/विचित्र संसार

कोरोनाको महामारी रोक्न हवनको आयोजना

By खबरहब

March 11, 2020

विश्वभर कोरोनाको संक्रमण बढेसंगै मानिसहरु यसबाट त्रसित बनिरहेका छन् । कोरोनाको महामारी फैलदै गएपछि यसबाट जोगिन अनेकौं उपायहरु अपनाइएका छन् ।

स्वास्थ्य सुरक्षा र सर्तकताका साथै विश्वका कैयौं राष्ट्रले अर्बौ खर्च गरिरहेका छन् । तर छिमेकी मुलुक भारतमा भने कोरोनाको महामारी रोक्न निकै अनौठो कार्य भएको छ ।

भारतको आगराका ज्योतिष तथा पर्यावरण संरक्षकहरुद्धारा कोरोनाको महामारी रोक्न भन्दै हवन गरिएको छ ।

विशेष पुजाको आराधना गर्दै मृत्युका देवता यमराजलाई प्रसन्न पार्ने भन्दै हवन गरिएको हो ।

गत शुक्रवार पर्यावरण संरक्षक र सामाजिक कार्यकर्तासहितको टोलीले यमुना घाटमा एक हवनको आयोजन गरेको थियो ।

जसमा कोभिड १९ बाट बच्न दैवीय शक्तिको हस्तक्षेप वरदान मागिएको थियो ।