खेलकुद

प्रदेश, जिल्ला र डोजाङहरुलाई प्रतियोगिता नगर्न तेक्वान्दो संघको निर्देशन

By खबरहब

March 11, 2020

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विश्व व्यापी रुपमा फैलिएसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ ।

नेपाल तेक्वान्दो संघले बुधबार विज्ञप्ति जारी गर्दै प्रदेश, जिल्ला र डोजाङहरुलाई कुनै पनि राष्ट्रिय प्रतियोगिता नगर्न निर्देशन दिएको छ ।

संघले विज्ञप्तिमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद गतिविधि नगर्न गरेको आवहनलाई आत्मसाथ गर्दै आफ्ना प्रदेश, जिल्ला र डोजाङहरुलाई प्रतियोगिता नगर्न भनेको छ ।

अहिले हुने तय भएका नवौं राष्ट्रिय तेक्वान्दो क्योरुगी रेफ्रि सेमिनार र दशौं राष्ट्रिय तेक्वान्दो रेफ्रि रिफ्रेसर कोर्स र तेक्वान्दोका सबै राष्ट्रिय प्रतियोगिता तत्कालका लागि रोक्न भनेको छ ।

संघले अर्को सुचना नआएसम्मका लागि तेक्वान्दो रोक्न निर्देशन दिएको छ । कोरोनाका कारण विश्वभर ४ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् ।