खेलकुद

प्रिन्सको कीर्तिमानी छलाङ, शीर्ष सातमा उक्लिए

By खबरहब

March 11, 2020

काठमाडौं- नेपाली ब्याडमिन्टनका यूवा स्टार प्रिन्स दाहालले विश्व वरियतामा सुधार गरेका छन् ।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्लुएफ) ले सार्वजनिक गरेको नयाँ वरियतामा प्रिन्स सातौं स्थानमा उक्लिएका हुन् । यसअघिको वरियतामा प्रिन्स शीर्ष १० औं स्थानमा थिए ।

प्रिन्सले प्राप्त गरेको वरियता विश्व जुनियर ब्याडमिन्टनमा नेपालको अहिलेसम्मकै सर्वोकृष्ट हो । ब्याडमिन्टनको विश्व वरियताको शीर्ष ७ मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन् ।

उनले जर्मनीमा सम्पन्न जर्मन जुनियर इन्टरनेसनल सिरिजमा उत्कृष्ट खेलेपछि वरियतामा सुधार भएको हो ।

त्यसअघि उनले नेदरल्यान्ड्सको डच जुनियर इन्टरनेसनल सिरिज पनि खेलेका थिए । दुवै सिरिजमा प्रिन्सले अन्तिम १६ सम्म स्थान बनाएका थिए ।