समाचार

आज फेरि बढ्यो सुनको मूल्य, यतिमा भइरहेको छ कारोबार

By खबरहब

November 11, 2020

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज फेरि बढेको छ । मंगलवार एकैपटक ३ हजार ४ सय घटेको सुनको मूल्य आज फेरि उकालो लागेको हो ।

मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार ८ सयमा कारोबार थियो । नेपाल सुनचाँदी व्यवसायी महांसघका अनुसार आज तोलामा एक सयले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२० मा कारोबार भइरहेको छ ।