रोचक/विचित्र संसार

विवाहको माग गर्दै होडिङबोर्ड चढिन किशोरी

By खबरहब

December 11, 2020

तपाईंलाई पुरानो हिन्दी फिल्म शोलेको एउटा दृष्य याद होला, जहाँ धर्मेन्द्र (जय) हेमा मालिनी (बसन्ती)ले प्रेम प्रस्ताव नस्वीकारेपछि पानीको ट्याकिंमा चढ्दछन् ।

प्रेम प्रस्ताव नस्विकार्दा प्रेमीका मनाउन उचाइमा चढ्ने यो ड्रामा केवल फिल्ममा मात्र हुने गर्दछ । तर भारतमा भने यही दृष्य वास्तविक जीवनमा समेत देखिएको छ ।

भारतको मध्यप्रदेशका इन्दौरमा एक किशोरी आफ्नो प्रेमीसंग विवाहको माग गर्दै सडकमा उचाइमा राखिएको होर्डिगं बोर्डमा चढेकी छन् । खासमा किशोरीको आमालाई उनको प्रेमीसंगको विवाह मञ्जुर थिएन । जसका कारण आफ्नो विवाहको माग पुरा गराउन भन्दै उनी होर्डिगं बोर्डमा चढेकी हुन् ।

पछि धेरै ब्यक्तिको आग्रहपछि ति किशोरी तल आउँछिन् । यो फिल्मी स्टाइलको प्रसंग र तस्वीर अहिले निकै चर्चित बनेको छ ।