क्रिकेट

अमेरिकाविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो

By खबरहब

February 12, 2020

काठमाडौं-आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर नेपालले पाहुना टोली अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ ।

शृङ्खलमा एक खेल जीतेको नेपाल अमेरिकाविरुद्ध दोस्रो जीतको खोजिमा रहेको छ । यसअघि पनि नेपालले अमेरिकालाई पराजित गरेको थियो । यस्तै, काठमाडौंमा अमेरिकाले भने राम्रो गर्न सकेन । उसले आफ्नो तीनै खेल हारिसकेको छ ।

अमेरिकाविरुद्धको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ । जसमा यसअघि खेलेका पेश बलर कमलसिंह ऐरीको स्थानमा स्पिनर ललित नारायण राजवंशीले स्थान बनाएका छन् ।