प्रवास

एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष थापाले कुटे पत्रकार

By खबरहब

February 12, 2020

काठमाडौं –  गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पोर्चुगलमा नै क्रियाशील पत्रकार सविन धिताललाई कुटेका छन ।

पोर्चुगलको राजधानी लिस्बोनमा भएको एक कार्यक्रममा रिपोटिङका लागि पुगेका धिताललाई उपाध्यक्ष थापाले कुटेका हुन ।

संघभित्रका गलत गतिविधि बाहिरिन थालेपछि रुष्ट बनिरहेको एनआएएनए नेतृत्वले धिताललाई कुटपिट गरेपछि यसको चर्को आलोचना भएको छ ।

केही महिनादेखि पोर्चुगलमा कृषि कामदारहरुमाथी भइरहेको ठगी, शोषण र मानव तस्करीबारेमा लगातार समाचार बाहिरिएपछि धिताल संघको तारोमा परेका हुन । पत्रकार धितालले थापाविरुद्ध स्थानीय प्रहरीमा उजुरी दिएका छन्।