समाचार

कोरोना भाइरस संक्रमण : डब्लुएचओद्वारा ‘विश्वव्यापी महामारी’ घोषणा

By खबरहब

March 12, 2020

काठमाडौं- विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारीको घोषणा गरेको छ ।

बुधबार डब्लुएचओले पत्रकार सम्मेलन गर्दै चीनको वुहानबाट फैलिएको भाइरसको संक्रमण पछिल्लो समय भयावह भएको भन्दै कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेको हो ।

भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन समेत आग्रह गरिएको छ ।

संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै सचेत हुनुपर्ने बताए ।

उनले कोरोना भाइरस नियन्त्रणको लागि उचित कदम चाल्न सबै देशका सरकारलाई आग्रह समेत गरेका छन् ।

उनले महामारीलाई हल्का रुपमा नलिन सबै राष्ट्रहरुलाई आग्रह गर्दै अस्पताल र आपतकालीन सेवाहरु तयारी अवस्थामा राख्न समेत अनुरोध गरेका छन्।

हाल १ सय २० भन्दा बढी मुलुकमा कोरोनाको संक्रमण फैलिएको छ भने ४ हजार ६ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

विश्वमा १ लाख २६ हजार बढी संक्रमित भएका छन् । संक्रमितमध्य ६७ हजारलाई उपचार पछि निको भएको जनाइएको छ ।