काठमाडौं – कोरोनाभाइरसको संक्रमण रोक्न भन्दै अमेरिकाले बेलायत बाहेक युरोपका सबै मुलुकबाट यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
एक टेलिभिजन सम्बोधन मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घोषणा गरेका हुन् । शुक्रबार साँझदेखि लाग्ने यो प्रतिबन्ध एक महिनासम्म कायम रहनेछ ।
अत्यावश्यक यात्राका लागि बेलायतमा प्रतिबन्ध लागु नहुने ट्रम्पले बताएका छन् । यसअघि एक ट्विटमार्फत ट्रम्पले कोरोना भाइरसको चुनौतीसँग लड्न तयार रहेको बताएका थिए ।
अमेरिकामा कोरोना भाइरसका कारण ३८ जनाको मृत्यु भएको छ भने १३ सय ३७ जनामा संक्रमण देखिएको छ ।