बलिउड/हलिउड

भोजपुरी फिल्ममा शिल्पाको डेब्यु

By खबरहब

April 12, 2020

काठमाडौं – नायिका शिल्पा पोखरेलले भोजपुरी फिल्ममा डेब्यु गरेकी छिन् । उनले अभिनय गरेको फिल्म ‘जय शम्भु’ को टिजर शुक्रवार सार्वजनिक गरिएको छ ।

फिल्ममा शिल्पाको जोडी भोजपुरी कलाकार प्रदीप पाण्डेसँग देख्न सकिन्छ । उनले सामाजिक सञ्जालमा टिजर शेयर गर्दै यो प्रतीक्षाको घडी सकिएको बताएकी छिन् ।

यस्तै टिजरमा ध्रुव कोइरालाको पनि अभिनय देख्न सकिन्छ । साथै फिल्ममा हरि लामाको छायांकन छ भने श्री श्रेष्ठको एक्सन छ ।

फिल्मको निर्माण र निर्देशन सोनु खत्रीले गरेका हुन् भने कथा रमेश बोगटीले तयार पारेका हुन् । फिल्मको प्रदर्शन मिति भने अझै तय गरिएको छैन ।