अन्तर्राष्ट्रिय

ब्राजिलमा कोरोनाले मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

By खबरहब

June 12, 2020

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलमा ४१ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २६१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४१ हजार ५८ पुगेको छ ।

एकै दिन ३० हजार ४६५ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ८ लाख ५ हजार ६४९ पुगेको छ ।

३ लाख ६७ हजार ८९९ जनाको उपचार भइरहेको छ भने ३ लाख ९६ हजार ६९२ जना संक्रमण मुक्त भएका छन् ।