फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा एकैदिनमा २८ हजार ६३७ संक्रमित थपिए

By खबरहब

July 12, 2020

एजेन्सी- भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमितको संख्यामा भएको वृद्धि अहिलेसम्मकै उच्च देखिएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८ हजार ६३७ कोरोना संक्रमित थपिएका हुन् ।

भारतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या करिब ८ लाख ५० हजार पुगेको छ । बैंग्लोरस्थित दक्षिणी प्रविधि हबमा एक साताको लकडाउन घोषणा गरिएको छ ।

माइक्रोसफ्ट, एप्पल र अमेजनको कार्याहरु रहेको प्रविधि हबमा आइतबार लकडाउन एकसाताका लागि बढाइएको हो । उक्त लकडाउन मंगलबारदेखि लागु हुनेछ ।

उच्च जोखिम रहेका अन्य केही क्षेत्रहरुमा समेत कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन जारी गरिएको छ ।

आइतबार ५५१ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना प्रकोप सुरु भएदेखि हालसम्म २२ हजार ६७४ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

भारतमा सबैभन्दा बढी कोरोना संक्रमित राजधानी नयाँदिल्ली, मुम्बई, चेन्‍नई, बैंग्लोर र पुणेमा देखिएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा रुसभन्दा बढी कोरोना संक्रमित देखिएका छन् । हालसम्म सबैभन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिका र त्यसपछि ब्राजिलमा छन् ।