रोचक/विचित्र संसार

कुकुर पाल्न दर्ता अनिवार्य, वार्षीक कर ८ सय

By खबरहब

September 12, 2020

तपाईंले कहिल्यै कुकुर पाल्न सरकारको अनुमति चाहिने सुन्नु भएको छ ?

अझ घरमा कुकुर पाल्न सरकारी कार्यालयमा दर्ता हुनुपर्ने र त्यसबापत वार्षीक शुल्कसमेत तिर्नुपर्दछ भन्दा पत्याउनु हुन्छ ?

भारतको नोएडामा घरपालुका जनावार कुकुर पाल्न सरकारी कार्यालयमा दर्ता अनिवार्य गरिएको छ । यति मात्र होइन, अब कुकर पाल्नेले ५ सय भारु शुल्क तिरेर हरेक वर्ष नवीकरण गर्नु पर्दछ ।

नोएडा प्राधिकरणले घरपालुवा कुकुरका विषयमा एक नीति बनाउँदै यसको रजिस्ट्रेशन अनिवार्य गरेको हो । यदि निर्देशन अवज्ञा गरे कुकुर धनीलाई कारबाही हुन्छ ।

यस योजनालाई पेट डग रजिस्ट्रेशन स्कीम नाम दिइएको छ । यो नियम जारी गर्नुको कारण घरपालुवा कुकुरको संख्या पत्ता लगाउन र भ्याक्सिन लाए नलाएको जानकारी लिन हो ।