खेलकुद

मैत्रीपूर्ण फुटबलमा पोर्चुगलको शानदार जित

By खबरहब

November 12, 2020

एजेन्सी- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले शानदार जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा पोचुगलले एन्डोरालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा पहिलो हाफमा दुई गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप ५ गोल गर्दै शानदार जित निकालेको हो ।

आठौं मिनेटमा पेड्रो नेटोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

२९औँ मिनेटमा पाउलिन्होले गोल गरेपछि पोर्चुगल पहिलो हाफमा २-० ले अघि रह्यो । खेलको ५६औँ मिनेटमा रेनाटो सान्चेसले गोल गर्दा पोर्चुगल ३-० ले अघि रह्यो ।

पाउलिन्होले ६१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगलको अग्रता ४-० को बन्यो ।

खेलको ७६औँ मिनेटमा एमिली गार्सियाले आत्मघाती गोल गरेपछि पोर्चुगलले ५-० को अग्रता बनायो ।

८५औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता ६-० को बनाए । खेलको ८८औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई ७-० को जित दिलाए ।