कांग्रेस नेता पौडेल उपचारका लागि दिल्ली प्रस्थान

By खबरहब

January 13, 2020

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल स्वास्थ्य उपचारका लागि दिल्ली प्रस्थान गरेका छन् ।

रक्तचापको बिरामी रहेका पौडल स्वास्थ्य उपचारका लागि दिल्ली गएको उनका स्वकिय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

नेपालमा टिचिङ्गलगायतका अस्पतालमा उपचार गराए पनि रक्तचाप बढ्ने र घट्ने समस्यामा सुधार नभएपछि थप उपचारका लागि पौडेल दिल्ली गएका हुन् । पौडेलसँग उनका छोरा साथमा गएका छन् ।