खेलकुद

स्पेनिस ला लिगामा ग्रानाडासँग गेटाफे पराजित

By खबरहब

June 13, 2020

काठमाडौं – स्पेनि ला लिगा फुटबलमा ग्रानाडासँग गेटाफे पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा घरेलु टोली ग्रानाडाले गेटाफेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको २० औं मिनेटमा डेबिड टिमोरको गोलबाट गेटाफेले अग्रता लिए पनि ७० औँ मिनेटमा जेनीले आत्मघाति गोल गरेपछि खेल बराबरी भएकव थियो

तर त्यसको ९ मिनेछपछि अर्थात ७९ औँ मिनेटमा कार्लोस फर्नान्डिज ईक्कीसले गोल गर्दै ग्रानाडाको जीत सुनिश्चत गरेका थिए ।

हारसंगै गेटाफेले ला लिगाको शीर्ष चारभित्र उक्लिने मौका गुमाएको छ । ग्रानाडा ४१ अंक जोड्दै तालिकाको आठौं स्थानमा उक्लिएको छ ।