फाइल फोटो

समाचार

काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने १९ हजारलाई फर्काइयो

By खबरहब

August 13, 2020

काठमाडौं- सरकारले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई विभिन्न नाकाबाट फर्काएको छ।

लकडाउन भएदेखि बिहीबारसम्म ७ हजार ६ सय ३५ गाडी र १९ हजार ४ सय ८३ जनालाई नाकाबाट फर्काइएको गृह मन्त्रालयले जनाएको हो ।

गृहमन्त्रालयका अनुसार अहिलेसम्म मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइएको छ। जसमध्ये ३ लाख ५४ हजार ८ सय २४ जनालाई सम्झाइएको छ भने ३९ हजार ५ सय ७ जनालाई मास्क दिएर पठाइएको छ।

प्रहरीले मास्क नलगाउने २५ हजार २ सय ७ जनालाई जरिवाना गरेको छ। सरकारले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामको लागि साँझ ७ देखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा रोक लगाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति