रोचक/विचित्र संसार

तेल लगाएर मालिकको मसास गर्ने हात्ती (भिडियो सहित)

By खबरहब

October 13, 2020

आकारमा भिमकाय शरीरको हात्ती हेर्दा क्युट देखिन्छन् । यसलाई आफ्नै मर्जीमा हिड्ने जनावरको रुपमा चिनिन्छ । तथापी हात्ती मानिससंगको मित्रता राम्ररी निभाउन जान्दछन् । यसका कैयौं उदाहरणहरु छन् । ती उदाहरण मध्ये एक छ हालै भाइरल बनेको भिडियो ।

सामाजिक सञ्जालमा एक हात्तीको भिडियो भाइरल बनेको छ । जसमा उसको प्रगाढ मित्रताको एउटा उदाहरण पाउन सकिन्छ । यस भिडियोलाई राजीव अग्रवाल नामका एक ब्यक्तिले शेयर गरेका छन् । जसको क्याप्सनमा उनले लेखेका छन्, हात्ती मेरे साथी ।

भिडियोको शुरुवातमा एक ब्यक्ति स्कूटीमा बसेको देखिन्छन । सोहि बेला एक हात्ती उनको नजिकै आउँछ र उनलाई स्कूटीबाट तल झार्दछ । त्यसपछि हात्तीले बास्केट बल हाल्न मद्दत गर्छ । त्यसपछि हात्तीले सुकुल ओच्छ्याउँछ र तेलले ढाड मालिस गर्न थाल्दछ ।

भिडियो हेरेर उनीहरुको मित्रताको सहजै अनुमान गर्न सकिन्छ ।

हाथी मेरे साथी… pic.twitter.com/1fiCTxOSSl

— Rajeev Agarwal (@rajeev_1304) July 24, 2020