फाइल फोटो

समाचार

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

By खबरहब

October 13, 2020

चितवन-चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

पूर्वी चितवनको कालिका नगरपालिका – १ कि ८५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

उनको मंगलबार अपराह्न ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन कार्कीले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भइ असोज २२ गते चितवन मेडिकल कलेजमा भर्ना भएकी मृतक वद्धामा २३ गते कोरोना पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि आफ्नै घरमा आइसोलेसनमा बसेकी उनको मंगलबार मृत्यु भएको हो ।