समाचार

राष्ट्रिय आविष्कार केन्द्रले बनायो स्वास्थ्यकर्मीका लागि गुडाउन मिल्ने बुथ (भिडियोसहित)

By खबरहब

November 13, 2020

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि गुडाउन मिल्ने बुथ निर्माण गरेको छ।

कोरोना भाइरस संक्रमणको उपचार र परीक्षणमा खटिने चिकित्सकहरुको सुरक्षाका लागि यस्तो बुथ बनाइएको केन्द्रका अध्यक्ष महावीर पुनले जनाएका छन्।

उनले भनेका छन्, ‘बुथभित्र बसेर चिकित्सक र स्वास्थ्यकर्मी गुडेर वार्ड र बिरामीको बेडसम्म पुगेर स्वास्थ्य परीक्षण गर्न सक्नेछन्। यस्ता बुधहरु बनाएर चाँडै अस्पतालहरुलाई उपलब्ध गराइने पुनले बताए।

बुथभित्र पोजेटिभ प्रेसर भएकाले स्वास्थ्यकर्मीलाई संक्रमण हुने सम्भावना नरहेको केन्द्रले जनाएको । केन्द्रले यसअघि स्वाब संकलन गर्ने बुथ पनि बनाएको थियो।

लौ हेर्नुहोस त कोरोना बिरामीको उपचार गर्ने अस्पतालहरुले –
यो भिडीयोमा देखाइए जस्तै “गुड्न सक्ने बुथ” मा चढेर डाक्टर अथवा नर्सले कोरोना बिरामीको बेड सम्म गएर जांच गर्दा कत्तिको सुरक्षित हुन सकिन्छ होला ? यसो गर्दा बढी सुरक्षित हुन्छ भने यस्तो बुथहरु आविष्कार केन्द्रले बनाउनेछ 🙏🙏 pic.twitter.com/FEUEf0i3dO

— Mahabir Pun (@MahabirPun) November 13, 2020