रोचक/विचित्र संसार

युवतीको जिब्रोको मूल्य १६ करोड तोकियो

By खबरहब

December 13, 2020

काठमाडौं – क्याटबरी कम्पनीले एक युवतीको जिब्रोको मूल्य तोकेको छ । कम्पनीले हायलेई कर्टस नाम गरेकी युवतीको जिब्रोको मूल्य १ मिलियन पाउण्ड तोकेको हो ।

लोकप्रिय रहेको क्याटबरी चकलेट बनाउने उक्त कम्पनीले युवतीको जिब्रोको मूल्य त्यसै तोकेको भने होइन । ती युवतीले चकलेटको स्वाद चखाउने गर्छिन् । उनलाई चकलेट एक्सपर्ट पनि भन्ने गरिन्छ । साथै कम्पनीले उनको बीमा पनि गराएको थियो ।

उनले चकलेटको स्वाद पूर्ण रुपमा सही भएको र नभएको ठहर गर्छिन् । बीमा कम्पनीले पनि ती युवतीलाई स्वाद लिने इन्द्रीयलाई नोक्सान पुर्‍याउने कुनै काम नगर्न सुझाव दिएको छ ।

घर तथा गाडी, बहुमूल्य वस्तु लगायतका चीजको महँगो मूल्य तोकिए पनि युवतीको जिब्रोको यति धेरै मूल्य तोकिएको भन्दै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनको जिब्रोलाई तोकिएको मूल्य नेपालीमा लगभग १६ करोड रुपैयाँ हुन आउँछ ।