British soldiers with NATO-led Resolute Support Mission forces arrive near the site of an attack in Kabul, Afghanistan, Friday, March 6, 2020. Gunmen in Afghanistan's capital of Kabul attacked a remembrance ceremony for a minority Shiite leader on Friday, wounding more than a dozen of people, officials said. (AP Photo/Rahmat Gul)

अन्तर्राष्ट्रिय

काबुलमा सांसदको सवारी साधनलक्षित विस्फोट दुईको मृत्यु

By खबरहब

December 13, 2020

काबुल – अफगानिस्तानको राजधानी काबुलमा एक सांसदको सवारी साधनलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले आइतबार जानकारी दिएको छ ।

राजधानीको उत्तर इलाकाको खाइर खान मिना क्षेत्रमा रहेको होटेल इ पर्वान इलाकामा स्थानीय समयानुसार आइतबार बिहान ७ः३० बजे सो विस्फोट भएको थियो ।

यस विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई घाइते भएका प्रहरी प्रवक्ताले सिन्हवा समाचार समितिलाई बताएका छन् । सांसद तावफिक वाहदातको सवारी साधनलक्षित सो बम आक्रमण भएको थियो ।

आक्रमणको समयमा सांसदका भाई सवारी साधनमा सवार रहेका उनी घाइते भएको जनाइएको छ । आक्रमणको बेलामा सांसद आफै भने सो सवारी साधनमा सवार रहनु भएको थिएन । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा भने लिएको छैन ।

गएको केही वर्षयता करिब ५० लाख जनसंख्या रहेको अफगानिस्तानको राजधानी काबुल तालिबान र इस्लामिक स्टेट्स जस्ता आतङ्ककारी समूहले बारम्बार आतङ्ककारी आक्रमण गर्दै आएका बताइएको छ ।