आर्थिक

कुमारी बैंकद्वारा फूड फर लाईफ नेपाललाई सहयोग

By खबरहब

February 14, 2020

काठमाडौं–कुमारी बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फूड फर लाईफ नेपाल नामक एक गैरसरकारी, परोपकारी संस्थालाई सहयोग गरेको छ ।

उक्त संस्थाले न्यून आम्दानीका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजनको प्रावधान पुर्याउँदै आएको छ । उक्त संस्थाको सराहनीय प्रयत्नलाई प्रोत्साहन स्वरूप बैंकले ५ लाखको सहयोग पुर्याएको छ ।

पर्याप्त पोषणको कमीमा बालबालिकाको शैक्षिक नतिजा एवं समग्र विकासमा पर्न जाने नकारात्मक असरलाई कम गर्ने उद्देश्यले बैंकले सो सहयोग पुर्याएको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले फूड फर लाईफ नेपालकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई एक समारोह माझ उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।