समाचार

प्रधानमन्त्रीले शनिबार संसदमा सम्बोधन गर्ने

By खबरहब

February 14, 2020

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार दुई वर्ष पुगेका अवसरमा शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए ।

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको थियो ।

सरकारको २ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सरकारले गरेको कामका बारेमा संसदमार्फत जानकारी गराउने कार्यक्रम रहेको थियो । तर  संघीय संसद राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएकाले आजको संसद बैठक शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ ।

आजको बैठकमा शोक प्रस्ताव पारित गर्ने मात्र कार्यसूची रहेको स‌ंसद सचिवालयले जनाएको छ ।