समाचार

पाँचवटा प्रदेशमा देखियो डेंगु, ३६ जना बिरामी भेटिए

By खबरहब

March 14, 2020

काठमाडौं– कोरोना भाइरसको त्रास रहेको बेला नेपालमा डेंगु रोग पनि देखिन थालेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका विभिन्‍न अस्पतालहरुबाट सन् २०२० (जनवरीदेखि मार्च १३ सम्म)मा ३६ वटा डेंगुका बिरामी देखिएका छन् ।

कहाँ कहाँ देखियो ?

प्रदेश नं. १ : ६ जना(झापा – १, मोरङ -३, सुनसरी -२)

वाग्मती प्रदेश :९ जना (नुवाकोट -१, काठमाण्डौं -३, ललितपुर -३, रामेछाप -१, मकवानपुर -१)

गण्डकी प्रदेश: ५ जना (गोरखा -१, म्याग्दी -१, कास्की -२, नवलपरासी सुस्ता पूर्व -१)

प्रदेश नं. ५:१४ जना (नवलपरासी सुस्ता पश्चिम -१, रुपन्देही -११, कपिलवस्तु -१, बाँके -१)

सुदुरपश्चिम प्रदेश :२ जना (डडेलधुरा -१, कैलाली -१)