Patients affected by the COVID-19 coronavirus are treated at a field hospital set up at a sports gym, in Santo Andre, Sao Paulo state, Brazil, on May 11, 2020. (Photo by Miguel SCHINCARIOL / AFP)

अन्तर्राष्ट्रिय

कोरोना महामारीले ब्राजिलको अवस्था भयावह, संक्रमितको संख्या ८ लाख ५० हजार

By खबरहब

June 14, 2020

काठमाडौं – कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा ४२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८९० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४२ हजार ७९१ पुगेको छ ।

एकै दिन २० हजार ८९४ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ८ लाख ५० हजार ७९६ पुगेको छ ।

३ लाख ८० हजार ३९५ जनाको उपचार भइरहेकोमा ८ हजार ३१८ जनाको अवस्था गम्भीर छ ।