समाचार

पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज, हालसम्म ९७४ जना निको भए

By खबरहब

June 14, 2020

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ६१ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९ सय ७४ पुगेको छ ।

पछिल्लो पटक डिस्चार्ज हुनेमध्य ६ महिला र ५५ जना पुरुष रहेका छन् ।

नेपालमा आइतबार थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ७६० पुगेको जानकारी दिएका हुन् ।