अन्तर्राष्ट्रिय

ब्राजिलमा एकै दिन २१ हजारभन्दा बढी संक्रमित

By खबरहब

July 14, 2020

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन २१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

योसँगै मंगलबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या १८ लाख ८७ हजार ९५९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ७७० जनाको मृत्यु भएसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७२ हजार ९२१ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १२ लाख १३ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख १ हजार ५२६ जनाको उपचार भइरहेको छ ।