समाचार

सुन्दर यातायातले आजदेखि बस सञ्चालन गर्दै

By खबरहब

July 14, 2020

काठमाडौं – सुन्दर यातायातले आजदेखि काठमाडौँ उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ ।

नेपालमा पहिलो पटक विद्युतीय बस सञ्चालन गरेको प्रालिले सरकारले थप ५० प्रतिशत भाडा लिन पाउने निर्णय गरे पनि सुन्दर यातायातले पुरानै भाडामा सेवा दिन लागेको जनाएको छ ।

यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ।

चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ।

मयूर, उपत्यका यातायातलगायतका केही कम्पनीले भने सोमबारदेखि नै बस सञ्चालन थालिसकेका छन्।

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबारदेखि काठमाडौँ उपत्यकामा र अरू जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो।