समाचार

२४ घण्टामा ३४ संक्रमणमुक्त, हालसम्म १० हजार ३२८ ले जिते कोरोना

By खबरहब

July 14, 2020

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार ३२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।