समाचार

रुपन्देहीमा एक कोरोना संक्रमित महिलाको मृत्यु

By खबरहब

September 14, 2020

काठमाडौं– रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रुपन्देहीकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको हो ।

अस्पतालले विज्ञप्ति जारी गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ की ६४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको जनाएको हो ।

ती महिला भदौ २९ गते अस्पतालमा कोरोना परीक्षण गराउन आएको र सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।

उनमा ज्वरो, श्वसप्रश्वासको समस्या रहेको र उपचारको क्रममा भदौं २९ गते अर्थात सोमबार दिउँसो २ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको हो ।

उनको केही समय अघि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्ति