समाचार

मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु

By खबरहब

October 14, 2020

मोरङ- मोरङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बूढीगंगा गाउँपालिका–३ बाँसबारीका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ६० वर्षीय पुरुषको बुधबार बिहान १२:२० बजे मृत्यु भएको अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

ती पुरूषलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन आइसोलेसनमा भर्ना गरिएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।