फाइल फोटो

समाचार

नवलपरासीका संक्रमित वृद्धको बुटवलमा मृत्यु

By खबरहब

October 14, 2020

बुटवल- नवलपरासी पश्चिमका एक कोरोना संक्रमित वृद्धको बुटवलमा उपचारका क्रममा मृत्यु भएको छ ।

सुनवल नगरपालिका–४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा आज बिहान मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको आज विहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

मुटु रोगी ती वृद्धको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि आईसीयूमा राखेर उपचार थालिएको थियो ।