रोचक/विचित्र संसार

सिंहसँग सुरक्षागार्डले सहयोग मागे (भिडियो सहित)

By खबरहब

October 14, 2020

सामाजिक सञ्जालमा देखिने कैयौं भिडियोले हामीलाई आक्रोशित, भावुक, खुसी र पुलकित बनाउँछ । यस्ता भिडियो एक पटक मात्र हेरेर चित्त बुझ्दैन । क्यामेरामा कैद भएका यस्तै केहि भिडियो मध्ये एक भिडियो भाइरल बनेको छ ।

भारतको गुजरातस्थित गिर नेशनल पार्कका सुरक्षागार्ड महेश सोन्दरवा नामक एक कर्मचारी ड्युटी सकेर बेलुकी घर फर्किदै थिए । यत्तिकैम मोटरसाइकल मार्फत घर जादै गरेका उनले बाटो छेकेर बसेको एक सिंह देख्छन् । तर उनी जंगल को राजा मानिने सिंह देखेर डराएर भाग्नुको साटो उल्टै सिंहसंग सहयोग माग्दछन् ।

महेशले बाटो छेक्ने सिंहसंग आफ्नो स्थानीय भाषा गुजरातीमा सहयोग माग्दछन् । उनी सिंहलाई सम्झाउछन् सारा दिन सेवापछि अब उनी घर जान चाहान्छन् । भिडियोमा त्यसपछिको घटना देखेर जो कोहि छक्क पर्दछन् । महेशले मागेको सहयोगको भाषा बुझेर सिंहले बाटो छोडदिन्छ ।

My lion hearted staff pleads (in Gujarati) that I am there full day in your service so now please let me go and the King gracefully agrees. #wildlifeweek2020 @DCFGirEastDhari @ParveenKaswan @CCF_Wildlife @Alok_brahmbhatt @susantananda3 @aditiraval 📹: Guard Mahesh Sondarva pic.twitter.com/4xVqyduUuQ

— Dr. Anshuman Sharma (@forestwala) October 5, 2020

महेशको यस भिडियो अहिले भाइरल छ । मानिस र जंगली हिस्रक पशुबीचको भाषाको तालमेललाई धेरैले सकारात्मक मानेका छन् ।