खेलकुद

लियोनसँग पीएसजी पराजित, नेयमारले बोके चोट

By खबरहब

December 14, 2020

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लियोनसँग पराजित भएको छ ।

आइतबार रातिको खेलमा पीएसजी लियोनसँग १-० ले पराजित हुँदा स्टार खेलाडी नेयमारले पनि चोट बेहोरेका छन् ।

लियोनका थिगायो मेन्डिसको खराब ट्याकलमा नेयमार घाइते भएका हुन् ।

घाइते भएपछि नेयमार खेलको इन्जुरी समयमा स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिरिएका थिए । यस्तै रेफ्रीले मेन्डिसलाई रातो कार्ड देखाएका थिए ।

घरेलु मैदानमा पराजित भएपछि पीएसजीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।

पीएसजी २८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लियोन २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।