फाइल फोटो

खेलकुद

रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टसको जित

By खबरहब

December 14, 2020

एजेन्सी- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआमाथि सहज जित निकालेको छ ।

आईतबार राति युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा रोनाल्डोले दुई गोल गरे भने एक गोल पाब्लो ड्याबालाले गरे ।

५७औं मिनेटमा पाब्लो ड्याबालाले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएको खेलमा स्टेफानो स्टुराओले ६१औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

रोनाल्डोले ७८ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टुरिन क्लबलाई २–१ ले अघि बढाए । खेल सकिन एक मिनेट अघि पेनाल्टीमै दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई ३–१ को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्स २३ अंकसहित तालिकाको चौथो स्थानमा छ । जेनोआ ६ अंकसहित तालिकाको पुछारबाट दोस्रोमा छ ।