काठमाडौँ – मोवाइलमा भएको व्यक्तिगत जानकारी तथा डेटाहरु सुरक्षित गर्न पासवर्ड, प्याटर्न, स्क्रीन लक, फिंगरप्रिन्ट सेन्सर लगायतका सेक्योरिटी फीचरको प्रयोग गरिन्छ ।
स्मार्टफोन अन्य व्यक्तिहरुले नचलाउन र निजी जानकारी नहेरुन भनेर अधिकांशले यस्तो सेक्योरिटी फीचर नियमित प्रयोग गर्दछन् । तर कहिलेकाँही पासओर्ड बिर्सिएर आफैं हैरानीमा समेत फसिन्छ ।
यो बेला अनलकका लागि प्राविधिककोमा पुगेर उल्टै रकम समेत खर्चिनुपर्ने बाध्यता आइलाग्छ । यस्तो समस्याको बेलामा तपाईँले आफैं पनि आफ्नो डिभाइस अनलक गर्न सक्नुहुन्छ ।
तरिका १ – फोन म्यानेजरको प्रयोग
यसको लागि तपाईँले आफ्नो पर्सनल कम्प्यूटर वा फोनबाट https://myaccount.google.com/find-your-phone-guide मा जानु पर्ने हुन्छ ।
त्यसपछि आफ्नो गूगल एकाउन्ट लग इन गर्नुहोस् । तपाईँको कम्प्यूटरको स्क्रीनमा एउटा लिस्ट खुल्नेछ । त्यहाँबाट तपाईँले आफ्नो डिभाइसको छनौट गर्नुपर्छ जून तपाईँ अनलक गर्न चाहनुहुन्छ ।
त्यसपछि तपाईँको स्क्रीनमा लक योर फोन (Lock your phone) आउनेछ । यसमा क्लिन गर्नुहोस् । अब एक नयाँ पासवर्ड राख्नुहोस् । फेरी त्यसको तल दिईएको लक बटनमा ट्याप गर्नुहोस् ।
यति गरिसकेपछि तपाईँले आफ्नो लक भएको फोनमा नयाँ पासवर्ड राखेर फोन अनलक गर्न सक्नुहुनेछ ।