राजनीति

दुई बर्षे उपलब्धिबारे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै

By खबरहब

February 15, 2020

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको २ बर्ष उपलब्धीबारे आज संसदमा सम्बोधन गर्ने भएका छन ।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि हिजै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि   राष्ट्रियसभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि संसद बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो ।

ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते सरकार गठन भएको थियो ।