समाचार

ज्वरो देखिएपछि ६ नेपालीलाई चीन मै रोकियो

By खबरहब

February 15, 2020

काठमाडौ– चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ ।

चीनबाट नेपाल ल्याईन लागेका केहीको स्वास्थ्यमा समस्या देखिएपछि विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट अन्तिममा रोकेको बेइजिङस्थित नेपाली दूतावासले बताएको छ ।

सुरुमा १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई भने स्वास्थ्यमा केही समस्यादेखिएका कारण विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट अन्तिममा रोकेको बेइजिङस्थित नेपाली दूतावासले बताएको छ ।

बेइजिङस्थित राजदूतावासका उपप्रमुख सुशील लम्सालले केही विद्यार्थीलाई ज्वरो देखिएपछि उनीहरुलाई विमान चढ्नबाट रोकिएको वताए ।

शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो। विमान साँझ ८ बजे वुहानमा अवतरण गरेकोथियो।

चीनबाट ल्याईने नेपालीलाई खरीपाटीको क्वारेन्टाइनमा राखिने छ ।