अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दो, १०५ जनामा संक्रमण देखियो

By खबरहब

March 15, 2020

भारत– छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको छ ।

अहिलेसम्म १०५ जनामा संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । जसमध्ये ११ जना बिरामी निको भएको छन् । कोरोना भाइरसको संक्रमणबाट भारतमा दुई जनाको मृत्यु भएको छ ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै महाराष्ट्रमा देखिएको छ ।

दिल्लीमा कोरोनाका ७ केस देखिएका छन् । हरियाणामा १४, राजस्थानमा ४ तेलनगनामा एक, युपीमा १२, लद्दाखमा ३, तामिलनाडुमा एक र आन्ध्र प्रदेशमा एकजनामा संक्रमण देखिएको र केही स्थानमा संक्रमण देखिएकाहरुलाई निको भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसबैबीच इरानमा फसेका २३६ भारतीयलाई शनिवार स्वदेश ल्याइएको छ ।

कोरोनाको खतरालाई मध्यनजर गर्दै करतारपुर कोरिडोर पनि बन्द गरिएको छ ।

यसबीच कोरोना संक्रमणबाट जोगिन केन्द्र सरकारले स्थलमार्गबाट आउने नाकाहरु बन्द गरेको छ । नेपाल भारत, भारत बंगलादेश, भारत भुटान, भारत म्यानमारको सीमालाई सिल गरिएको छ ।