समाचार

कोरोनाकाे संक्रमण रोक्न सार्क राष्ट्रबीच सहयोग प्रमुख आवश्यकता : राष्ट्रपति घानी

By खबरहब

March 15, 2020

काठमाडौं- अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले कोरोना भाइरस विरुद्धको लडाईमा सार्क राष्ट्रहरुबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन आयोजित सार्कका नेताहरुको भिडियो कन्फरेन्समा अफगान राष्ट्रपति घानीले अन्य मुलुकबाट सहयोग भए पनि नभए पनि  सार्क राष्ट्रहरु भने यसका लागि जुट्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘ चीन, अमेरिका वा इरानको सहयोग हाम्रो अवस्थाका लागि लागू नहुन सक्छ । त्यसैले हामीले सार्कतर्फ ध्यान दिनु जरुरी छ ।’

उनले भने, ‘हामी भूपरिवेष्ठित मुलुक हौं । हाम्रा आफ्नै आवश्यकता छन् । हाम्रा आफ्नै विशेषता छन् । हामी गरिब मुलुक हौं । हामीले आफ्ना अनुभव शेयर गर्नुपर्छ । सहयोग आदान प्रदान अहिले सवैको आवश्यता हो ।’