समाचार

उदयपुरका नयाँ कोरोना संक्रमति पत्रकार भएको खुल्यो

By खबरहब

May 15, 2020

काठमाडौं– उयदपुरमा थपिएका नयाँ संक्रमित पत्रकार भएको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित व्यक्ति पत्रकार रहेका छन् ।

सुवेदीका अनुसार ती पत्रकारमा कोरोना पोजेटिभ देखिएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य भएका कारण उनलाई आफ्नै घरमा सेल्फ आइसोलेसनमा बस्न भनिएको सुवेदीले बताए ।

उनका अनुसार उदयपुरमा २७ जना पत्रकार र केही स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको थियो । सोही क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ उदयपुरकाको त्रियुगा नगरपालिकाका २५ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।