आर्थिक

बैंकको सेवा दुई सिफ्टमा

By खबरहब

June 15, 2020

काठमाडौं – नेपाल राष्ट्र बैंकले सेवाग्राहीको चाप मूल्याँकन गरी भीडभाड हुने ठाउँमा दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने बैंकहरूलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार अब बैंकहरू बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म दुई सिफ्टमा खोल्नु पर्नेछ ।

केन्द्रीय बैंकले सेवाग्राहीको भीडभाड नहुने र दूरी कायम हुनेगरी लामबद्ध हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै विद्युतीय माध्यमबाट हुने कारोबारलाई थप प्रोत्साहन गर्न पनि भनेको छ।