खेलकुद

रामोस पेनाल्टीमा चुक्दा बराबरीमा रोकियो स्पेन

By खबरहब

November 15, 2020

एजेन्सी- कप्तान सर्जियो रामोसले दुई पेनाल्टी चुकाउँदा स्पेन नेसन्स लिग फुटबलमा स्वीट्जरल्यान्डसँग बराबरीमा रोकिएको छ ।

५७औँ मिनेटमा ३४ वर्षीय रामोसको पहिलो प्रहार यान सोमरले डाइभ दिँदै बचाएका थिए ।  ८०औF मिनेटको दोस्रो पेनाल्टी प्रहार असफल भयो ।

दुवै पेनाल्टी चुअकाउनुअघि स्वीट्जरल्यान्डले भने खेलमा अग्रता लिइसकेको थियो ।

घरेलु टोलीले २६औँ मिनेटमा ब्रिल एम्बोलोको क्रसमा रिमो फ्रयूलरले गोल गरेपछि अग्रता लिएको थियो । खेलको ८९औँ मिनेटमा सर्जियो रेगुईलोनको क्रसमा जेरार्ड मोरेनोले गोल गर्दै स्पेनलाई हारबाट जोगाए ।

बराबरीले पनि स्पेनको अर्को चरणमा पुग्ने सम्भावना भने कायमै छ । स्पेन ५ खेलमा ८ अंकसहित समूह ए४ मा दोस्रो स्थानमा छ ।