फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघ्यो

By खबरहब

December 15, 2020

काठमाडौँ- भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघेको छ ।

२ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार ७९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९९ लाख ६ हजार ५०७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ९४ लाख २१ हजार ८३२ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५३ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार ७४६  पुगेको हो ।