फाइल तस्वीर

राजनीति

सभामुखबारे छलफल गरेर बालुवाटारबाट बाहिँरिदा प्रचण्ड हर्षित !

By खबरहब

January 16, 2020

काठमाडौं– केहीदिन यताको संवादहीनतालाई चिर्दै बसेको नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता सकारात्म भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहीवार(आज) करीब २ घन्टा भएको छलफल सकारात्मक भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

सभामुख चयनका लागि दुई अध्यक्षले फरक फरक नेतालाई अघि सारेपछि समस्या उव्जिएको थियो । तर आजको छलफल सकारात्मक रुपमा अघि बढेको ‘ब्रिफिङ’ प्रचण्डले सचिवालयलाई गरेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि बालुवाटारबाट बाहिरिँदा प्रचण्ड हर्षित देखिएको श्रोतको भनाइ छ ।

ओलीले यसअघि सुवास नेम्वाङलाई सभामुख बनाउने अडान राखेका थिए भने प्रचण्डले अग्नी सापकोटालाई सभामुख बनाउने अडान लिएका थिए ।

सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गरेको भएपनि उनले पार्टीका दुई अध्यक्षहरुसँगको भेटवार्तामा आफूले राजीनामा नदिने चेतावनी दिएकी थिइन् ।

राष्ट्रपतिको सद्भाव पाएपछि शिवमाया राजीनामा नगर्ने मनस्थितिमा पुगेकी थिइन् भने बालुवाटारले पनि शीलतनिवासको सदासयतामा मौन स्वीकृती दिएको प्रचण्ड पक्षका नेताहरुको दाबी थियो । त्यसयता ओली र प्रचण्डबीच छलफल नै रोकिएको थियो ।

‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको आजको बैठकपछि सभामुख चयनबारे चाँडै सहमति हुने देखिएको छ’ स्रोतले खबरहबसँग भन्यो,‘बैठक सकारात्मक रुपमा अघि बढेको छ ।’

माघ ६ गतेलाई बोलाइएको प्रतिनिधि सभा बैठक अगावै सभामुखबारे निर्णय भइसक्ने नेकपाका महासचिव विष्णु पौडेलले बताए ।

‘संसद बैठक अगावै सभामुख चयनका बारेमा निर्णय हुनेछ’ महासचिव पौडेलले भने ।